|
हङकङका समाजसेवी र साहित्यकारबिच मैत्रीपर्ण फुटबलखेल सम्पन्न
२ सेप्टेम्बर, हङकङ/ काउलनको प्रिन्स एडवार्डस्थित फुटबल मैदानमा हङकङमा रहेका नेपाली साहित्यकार तथा सामाजिक कार्यकर्ताबीच मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भयो । साँझ ६ बजेदेखि सुरु हुने भनिए तापनि आधाघण्टा ढिलो सुरु भएको खेलमा शुन्यको विरुद्ध ५ गोल गरेर सामाजिक कार्यकर्ताहरूको टिमले उक्त खेल जितेको थियो । याक एण्ड यति रेष्टुरेण्ट जोर्डनको आयोजनामा सम्पन्न भएको उक्त खेल अति सौहार्दपुर्ण र रोमान्चकारी भएको थियो ।
Read more / Posted by admin |
१४ औँ विश्व आदिवासी दिवस सम्पन्न
नेपाली आदीवासी जनजाति महासंघ हंगकगले १४ औँ विश्व आदीवासी दिवस भब्यताकोसाथ मनाएको छ । गतसालहरुभन्दा आकर्षक, उच्च ब्यवस्थापन र उत्साहकोसाथ सम्पन्न १४ औँ विश्व आदिवासी दिवस २४ अगस्ट आईतवारको दिन यामातेई कम्युनिटी सेण्टरमा भब्यताका सम्पन्न गरिएको छ । हरेक जनजातिहरुले पिंजडाबाट मुक्त पञ्छि जस्तो उन्मुक्त महसूस गरेको यस समारोहलाई कुनै एक पर्वको रुपमा स्विकारेको अनुभूति जो कोही जनजातिले गरेको पाईएको छ ।
Read more / posted by admin |
राँकुदेलेको धङ्धङी र त्यसको बिसर्जन
प्रदीप कन्दङवा (लिम्बू)
समाजमा आफूलाई एक्लो होईन तर बेग्लो देखिने रहर सबै मनुस्य जातिलाई हुँदो हो सायद, यस्तै अनुमान हुन्छ । तर रहर सबैको भने जस्तैगरी नमेटिएमा अनौठो मानि लिनुपर्ने पनि हुँदैन क्यारे । यस्तै एउटा मानविय रहरको खोजि हुनसक्छ ‘जिन्दगिको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले’ यस मानेमाकि यतिको लामो र यसप्रकारको नाम धारण गरेको किताव आजसम्म कतै देखिएको भनौ भेटिएको थिएन । मैले देखिन यसको अर्थ यस्तो कसैगरि नलाग्ला कि यो नै अन्तिम सत्य हो । तर मलाई जे लाग्यो त्यसमा धेर थोर सत्यार्थ अवश्य हुनुपर्दछ । यो अलिकति मेरो दावि पनि बुझ्नुहोला । कवि नरेश सुनुवारलाई पहिलो सन्तानलाभ भएको खुशीयालीमा दुई चार बात खोकेर, दुई चार ट्वाक (पेग) लगाएर, राँकुदेलेको झोंकमा ‘नरेशजी ल यस विषयमा म केहि त अवश्य नलेखि सक्दिन’ भनेर आफै भनिकन हिंडेको मान्छे ३,४ महिना बित्यो क्यारे, त्यसबिचमा ‘रुङ्रि’, ‘आलाप’ समेत शहरमा आएर हल्लि खल्लि भईसक्दापनि म बाट राँकुदेलेकै सुरमा भएपनि जो बचन दिएको थिएँ, पुरा हुन सकेन।
Read more / posted by admin |
नेपाली उत्तरआधुनिकताको कुरा र सामान्य बहुरङ्गवाद 
धर्मेन्द्रविक्रमनेम्बाङ्
कान्तिपुर दैनिकले भर्खरै आधुनिकता, उत्तरआधुनिकता सम्बन्धको लामो बहस तन्काएर स्थगन गरेको छ जस्तो लागेको छ । डा. सञ्जिव उप्रेतीज्यूले यस सम्बन्धमा निकै मेहेनतका साथ अगाडि पसार्नु भयो, सिद्धान्तलाई समानीकरण गर्दै नेपाली घटना र जनजीवनमा पुर्याउनुभयो, उहाँले विशेषत सिद्धान्तमा र यसको साँस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक पाटामा व्याख्या विश्लेषण गर्नुभयो, जुन जरुरी थियो लाग्छ । उत्तर आधुनिकताको सम्बन्धमा उहिलेदेखि काम गर्दै नै आउनुभएका डा. गोविन्दराज भट्टर्राईज्यू, कृष्ण गौतमज्यूलाई यो विषयग..................
Read more / posted by admin |
खेरेस र खेरेसको "रुङ्री बिनाको सहर र नदी किनारा ।"
किराँती भोगेन एक्ले 
हङकङमा यो समय साहित्य सृजना त्यसमा पनि कविता विधा निकै फस्टाएको छ । भर्खरै कवि नरेश सुनुवारको बुलन्द कविता कृति "जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले...." आएको थियो । लगतै अर्का कवि देबेन्द्र खेरेसको सालीन कविताहरु बोकेर "रुङ्रीबिनाको सहर र नदी किनारा ।" नेपाली साहित्यको काव्य क्षेत्रमा एउटा कोश मिलेको बलियो सुरढुङ्गा भएर आएको छ ।
Read more / posted by admin |
नवीन प्रयोग शिल्पमा सामाजिक रूपान्तरणको खोजी र सघन तुवाँलो
पुर्ण इन्फादा
परिचय :
विगत लामो समयदेखि नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टा रामकृष्ण बान्तवा -वि.सं.२०२३) हङकङ डायास्पोरामा बस्छन् । कविता, गीत, नाटक, उपन्यास आदि विधामा कलम चलाउने रामकृष्ण बान्तवाको खास र विशेष विधा भनेको उपन्यास हो । कृतिगत रूपमा पनि उनका उपन्यासहरू नै बढी प्रकाशित भएका छन् । रामकृष्ण बान्तवाका उपन्यासहरू २०४५ सालदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएका छन् । उनको पहिलो उपन्यास खरानी -२०४५) देखि पछिल्लो उपन्यास सघन तुवाँलो -२०६४) सम्म आइपुग्दा झण्डै आधा दर्जन उपन्यासकृति प्रकाशित भइसकेका छन् । आत्मा -२०५३), राधाराम -२०५४) र आमाछोरी -२०५५) जस्ता तीनवटा उपन्यास वर्षौपिच्छे प्रकाशित भएका छन् । यसबाट के कुरा सहजै भन्न सकिन्छ भने हङकङ डायास्पोराको व्यस्त र यन्त्रवत् जीवन भोगाइ जिउँदाजिउँदै पनि नेपाली उपन्य
Read more / Posted by admin |
स्व. कुलदीप सुनुवार स्मृति कोषको प्रथम साधारन्सभा सम्पन्न 
१२ जुलाई २००८, काठमाडौं । स्व. कुलदीप सुनुवार स्मृति कोषको प्रथम साधरण सभा सुनुवार सेवा समाज केन्द्रीय भवन कोटेश्वरमा सम्पन्न भयो । सभाका प्रमुख अतिथि कवि श्रवण मुकारुङ हुनुहुन्थ्यो भने अतिथिहरु- जनजाति महासंघका उपाध्यक्ष टेक बहादुर सुनुवार, सुनुवार सेवा समाजका अध्यक्ष्य टंकराम सुनुवार, गीतकार शुभ मुकारुङ्ग, सृसास नेपालका संयोजक कवि प्रकाश थाम्सुहाङ, कवि पुर्ण इन्फादा, सुसेस केन्द्रीय सल्लाहकार चम्पक सुनुवार, कवि शशी लुमुम्वु रहनु भएको उक्त कार्यक्रमको सभापतित्व स्मृति कोषका अध्यक्ष टीकाराम मुलिचाले गर्नु भएको थियो । स्मृति कोषका उपाध्यक्ष राजकुमार सुनुवारको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।
Read more / posted by admin |
स्नातकोत्तरको लागि छनौट "सघन तुवाँलो,,
सेण्ट्रल लाईव्रेरीमा खरानी,, उपन्यास भेटीसकेपछि श्रष्टा रामकृष्ण बान्तवालाई पर्सितिर कुनैदिन सोध्दै खोज्दै इटहरी पुगेर भेटने बिचार गरेर यादेवी ढकाल आफ्नो निवासास्थान किर्तीपुर फर्किन । उन्ले आफ्नो निवासास्थान पुगिसकेपछि लाईब्रेरीमा खरानी उपन्यासबाट सारेर ल्याएको ठेगाना वर्कार्र्इ फर्काई हेरिन । अव उन्ले कन्र्फमको लागिर् इटहरीमा रामकृष्ण बान्तवालाई भेटन एक किसिम सल्लाह गर्न फोनको नम्बरहरु थिच्न थालिन सम्भवत उनि यसो भन्थिन ,,दाई म तपाईंलाई भेटन उतै आउँकी भन्दैछु,, । यतिबेलासम्म सघन तुवाँलोको कुरा उठेकै थिएन ।
Read more / Posted by admin |
नयाँ नेपालको लागि/किराँती भोगेन एक्ले 
पुरानो नेपालमा
रुनुपर्नेहरु खित्का छाडिरहेका छन्
हाँस्नु पर्नेहरु सुक्सुकाइरहेका छन्
सुन्नु पर्नेहरु बेफ्वाक बक्बकाइरहेका छन्
बोल्नु पर्नेहरु चुपचाप सुनिरहेका छन्
पुरानो नेपालमा
हलो र कोदालोले अड्काएका बाहेक
सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक
कतै बहानामा त कतै तीब्र चाहनामा
Read more / posted by admin |
स्वर्गको प्रतिक/ रामकृष्ण बान्तवा
देश यो राम्रो नेपाल हाम्रो छ यहाँ सगरमाथाले
लेक र वेंशी तर्राई र पहाड यो मिलेको सवैले
त्यो भिरालो पाखा डाँडा र भञ्ज्याङ ढाकेको पर्वतले
झर्ना र छाँगा झन हेर्नमा राम्रो यो दिव्य नजरले
छ है सुन्दर यहाँ इन्द्रणी जस्तो विस्वको नजरमा
लोभ्याउँछ झन हरियो वन यो बिशाल नेपालमा
डाँफे र मुनाल त्यो रानी बनमा कोईली छ सुवानी
शरद ऋतु प्रकृति हाँस्ने नौरङ्गी त्यो फूल इन्द्राणी
Read more / posted by admin |
जीवन सपना र मृत्यु/ नरेश सुनुवार
प्रकृतिद्वारा प्रतिपादित
यो ब्रम्हाण्ड
यो जगत
यो जीवन
प्राणी जीवनका दुइ अस्तित्व
पशु
मान्छे,
Read more / posted by admin |
विराटनगर ! कहिले पनि नबिर्सिने
धर्मेन्द्रविक्रम नेम्बाङ
ढिलो गरिकिन हामी विराटनगरको आँगनमा ओर्लियौं । वाणी प्रकाशनको तर्फबाट आदरणीय कवि श्री कृष्णभूषण बल दाईको निम्तो निक्कै समय टार्दैवर्दै पुष महिनाको १२ गते विहिवारको रात्रीबसमा नेतृत्वकर्ता उत्तरआधुनिक समालोचना डा. गोविन्दराज भट्टर्राईको रोहवरमा प्याक भयौं । बिजोडी स्वर्गीय अगाडि सीटमा हामी भनेको सीमा, चन्द्रवीर, अमर, विमिल, एम.पि. खरेल, युवराज अर्याल क्रमशः दर्जावाल भएका छौं । अब चाँडै यो बस बिराटनगरमा उत्रिन्छ, अरू यात्रीहरूसँगै त्यो बेला हामी पनि रहनेछौँ । त्यो बेला चन्द्र योङ्याँ, प्रेम ओझाहरू फेदेनबाट आइपुगीसकेको हुनेछ ।
Read more / posted by admin |
‘सार’ अलवम सुनिसकेपछि/राम कृष्ण बान्तवा

साधरण यौटा लेखकले गीत संगीतको समिक्षा गर्नु भनेको आकासको ताराहरु गनिसक्छु भनेजस्तै हो । त्यसैले यो ,,सार अलवम,, को समिक्षा होईन मात्र सुनिसकेपछिको मेरो ब्यक्तिगत अभिब्यक्ति हो यो । संगीतको समिक्षा गर्नै परेमा हंगकंगका बरिस्ट संगीतकार व्दय दिनेश सुब्बा नागेन्द्र श्रेष्ठहरुनै गुहार्नुपर्ला र गीतको जो बोल छ त्यस्को लागि यो रामकृष्ण बान्तवा पर्याप्त नहोला । जे होस म यहा संगीतको कुरापनि गर्दिन । कवि टंक सम्वाहाम्फे मुलतः मैले चिनेको स्वच्छन्दतावादी कवि हुन । तर आज कविमात्र नभएर गीतकारको लहरमापनि चर्चित भईसक्नुभएको छ ।
Read more / posted by admin |
उत्तर आधुनिकता भत्केको-'साकेला'प्रति किराया हङकङको आधिकारिक धारणा
हङकङबाट सञ्चालन भइरहेका विभिन्न वेभसाइटहरुमा मे २५ का दिन सम्पन्न साकेला उभौली कार्यक्रममा पुस्तक विक्री गर्न नदिइएको विषयमा देश सुब्बाले लेख्नु भएको 'उत्तरआधुनिकता भत्केको- साकेला' लेखको प्रतिक्रिया स्वरुप लक्ष्मी र्राई 'लारा' र कुलदीप र्राई र भोगेन र्राईले लेख्नु भएका लेख र ती लेखहरुप्रति पाठकहरुको प्रतिक्रियाप्रति किरात र्राई यायोक्खा -किराया) हङकङ आफ्नो आधिकारिक धारणा र्सार्वजनिक गर्दछ ।
Read more / posted by admin
|
कामान्डौमा कवि नरेश सुनुवारको ‘जिन्दगिको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले’को अन्तर्विमस सम्पन्न

काठमान्डौं, २० जुन/ बागबजारस्थित होटल अशोकामा सृजनशील साहित्य समाज हङकङद्वारा प्रकाशित हङकङेली नेपाली कवि नरेश सुनुवारको प्रथम काव्यकृति 'जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले'को अन्तरविमर्श कार्यक्रम शब्दशताब्दी नेपाल र सृसास हङकङको संयुक्त आयोजनामा सम्पन्न भएको छ । अन्तरविमर्शको सप्पैभन्दा नौलो प्रयोग के थियो भने सृसासका अध्यक्ष तथा सृजनशील अराजक कवि हाङयुग अज्ञात र काव्यकार नरेश सुनुवारले हङकङबाटै आ-आफ्ना मन्तव्य टेलिफोनमार्फत कार्यक्रमकक्षमा प्रत्यक्ष रुपमा दिएका थिए । विभिन्न नयाँ प्रयोगहरु गर्दै अगाडि बढिरहेको सृसास हङकङले कवि नरेश सुनुवारको काव्यकृतिलाई भिसिडिमा पनि प्रकाशन गरेको छ ।
Read more / posted by admin |
ऐतिहासिक मकाउ-हङकङ कविगोष्ठी सम्पन्न
१५ जुन, मकाउ/ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको खुशीयालीमा ऐतिहासिक मकाउ-हङकङ कविगोष्ठी मकाउको विश्वप्रसिद्घ ब्रोकन चर्चस्थित नेपालीघरमा भव्यताका साथ सम्पन्न भएको छ । सृजनशील साहित्य समाज मकाउको आयोजना र मैत्रिपुर्ण नेपाली संघ मकाउको सहआयोजनामा सम्पन्न उक्त कविगोष्ठीको अध्यक्षता सृसास मकाउका संयोजक कवि चन्द्र सम्बाहाम्फेले गर्नुभएको थियो भने प्रमुख अतिथिहरुमा आदिबासीजनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ र सृजनशील अराजकताका प्रवर्तक कवि हाङयुग अज्ञात रहनुभएको थियो ।
Read more / posted by admin
|
अर्गानिक मान्छे / शशी लुमुम्बू
पहाड छिचोलेर उम्रिएको
मूलको कञ्चन पानी पिएर
हलक्क बढेको म
नितान्त अर्गानिक मान्छे
यो पुरातात्विक शहरमा
बोइलर भइसकेँ सायद...
उकाली सम्झियो कि
फतक्क गल्छन् हातगोडा
ओराली सम्झियो कि
थर्रर काप्छ शरीर
एकाएक चल्छ रिङ्गटा..
Read more / posted by admin |
टंक सम्बाहाम्फेको गीति एलबम "सार"
कवि टंक सम्बाहाम्फेले फोन वार्ताकै क्रममा- एउटा गीती एल्वम निकाल्ने तरखरमा छु नाम जुराउन बाँकी छ, सोंचेर खबर गरौंला है नरेश जी भनेका थिए । मैले पनि हुन्छ भनि हाले । तर, सृजनशील साहित्य पत्रिकाको चटारोले उनको आग्रहलाई समयमै पूरा गर्न सकिन । पछि एउटा नाम जुर्याएर हत्त न पत्त फोन गरेर प्रसंग उठाउदै नाम सुनाउन के लागेको थिए उनले ढिला भैसक्यो भने । किनभने उनले नाम जुराएर कभर समेत छापाई सकेका रहेछन् ।
Read more / posted by admin |
वैरागी काइँला , खगेन्द्र संग्रौलाको वैचारिक गणित र सामान्य रंगवाद / धर्मेन्द्रविक्रमनेम्बाङ्
तेस्रो आयामेलिक वैराँगी काँइला भन्नु र माक्सवादिक खगेन्द्र संग्रौला भन्नुले आदिवासी खेलक
देश सुब्बा हङ्कङ्को अशोका होटल वागवजारको विमोचनमा कुरा आफ्आफ्नूले पालैपालो म असहजमा परें ।
काँल्दाईले पुरानू आयमेलीय फायलको शब्द उचालेर हामी लेख विचारको 'करिया' नहोस भनेर भन्थ्यौं भन्दा आयामिक लेखनको सैद्धान्तिक पक्ष नै अलिकति विचारविहिन हो कि भन्नुलाई साथ दियो । आयामेलीय महत्वको व्यक्तित्व काँल्दाइको यो अभिव्यक्तिले, विचार माथिको यो आक्रमणले साहित्य, समय, समाज, जिवनको पुल भाँचिएको अनुगमन छ । तेस्रो आयाम विचारविहिन साहित्य निर्माण गर्नु थिएन जस्तो लाग्छ । अविचार थियो जस्तो मुल्याङ्कन छैन । यो अभिव्यक्ति त्यसकारण मेल खाँदैन हामी उहाँहरूको जिवनमा, कवितामा, विचार नै खोजिरहेको छौं । यो अभिव्यक्ति नै तर सहि हो भने भावना पक्षको मापदण्डबाट अब आयामलाई हेर्नुपर्छ । घट्ना प्रतिको संवेदना र भावुकताबाट उहाँको साहित्यलाई हेर्नुपर्ने हुन्छ ।
Read more / posted by admin |
सुश्री ममिता र्राई
मेरी छोरीको ज्यान बचाइदिनुस् !
भोजपुर जिल्ला याकु गाविस वडा नम्बर-४, खाल्ले निबासी म ध्यानबहादुर र्राईकी १२ वर्षिया कान्छी छोरी, श्री पञ्चकन्या प्रा.वि., याकु, कट्टीमा कक्षा-५ मा पढ्ने सुश्री ममिता र्राईका दुइवटै मृर्गौला अत्यन्त खराव भएका छन् । डाक्टरले दुवै मृर्गौला फेर्नुपर्छ र त्यसका लागि १३ लाख जति रकम चाहिन्छ भनेका छन् । तर म एक गरिब किसानको छोरोसँग त्यत्रो रकम जुटाउने कल्पना गर्नसक्ने सामर्थ्य समेत छैन । मेरी छोरी 'म जीवनमा बाँचेर केही गर्न चाहन्छु, बाबा, मलाई बचाइदिनुहोस्' भन्दै विलौना गरिरहन्छे ।
Read more / posted by admin |
काँचो वायुको विरूद्घमा/ हाङयुग अज्ञात
हिन्दुस्तानबाट
क्रान्तिकारी मुसलमानहरूले धपाएका
महासामन्त कुलमण्डल खान र उसका सुसारेहरू
जब किराँतेश्वरको पवित्र शैलुङ राज्यमा प्रवेश गरे
तब उनीहरूसितै प्रवेश गर्यो जनता पिरोल्ने काँचो वायु
Read more / posted by admin
|
आफ्नो संस्कार/रामकृष्ण वान्तवा
प्राणीमध्ये बुद्धि विवेक भएको मानिस
बुद्धि भएर गर्दैन पुण्य किन ? मानिस
धेरै छ यहाँ गर्ने गरी कुनै |